महिन्द्राको नयाँ ट्रयाक्टर अर्जुन नोभो नेपाली बजारमा आयो, उन्नत र स्टाइलिश डिजाइनमा निर्माण

बिजमाण्डू
२०७३ असार २ गते ००:०० | Jun 16, 2016

काठमाडौं । महिन्द्रा एन्ड महिन्द्राको नयाँ अर्जुन नोभो ६०५ डीआर्इ ट्रयाक्टर नेपाली बजारमा बिक्री सुरु भएको छ । नयाँ प्लाटफर्ममा आधारित टेक्नोलोजीमा सबैभन्दा उन्नत तथा स्टाइलिश डिजाइनमा निर्माण गरिएको ट्रयाक्टर भएको कम्पनीको दाबी छ ।

नेपाली बजारमा महिन्द्राको अधिकृत बिक्रेता अग्नि ग्रुपले यो ट्रयाक्टर ल्याएको हो । नयाँ प्लाटफर्म ५५ देखि ७५ हर्षपावर रेन्जमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । अहिले यो ट्रयाक्टर ६० हर्ष पावर क्याटेगोरीमा छ । यो ट्रयाक्टर प्रविधिमा आधारित कृषि खेती गर्ने किसानका लागि उत्तम रहेको कम्पनीको दाबी छ ।

Tata
GBIME
Nepal Life

कम्पनीका अनुसार प्रविधि, आराम र उपयोगी डिजाइनमा निर्माण भएको यो ट्रयाक्टरले कृषि क्षेत्रमा आमूल परिर्वतन ल्याउनेछ । बिक्री शुभारम्भका अवसरमा महिन्द्राका दक्षिण एसिया हेड अफ इन्टरनेशनल अपरेसन्स तथा उपाध्यक्ष संजय जादबले महिन्द्रा ट्रयाक्टर उत्पादन संख्याकै आधारमा संसारको अग्रणी कम्पनी रहेको दाबी गरे ।

उनले अर्जुन नोभो ट्रयाक्टरमा नविनतम प्रविधि रहेको जनाउँदै कृषिको आधुनिकरणमा टेवा दिने विश्वास लिए । उनले नेपाल ट्रयाक्टरको लागि उच्च सम्भावनाको बजार भएको बताउँदै नयाँ ट्रयाक्टरले नेपाली बजारमा आमूल परिर्वतन ल्याउने बताए । अग्नि ग्रुपका प्रवन्ध निर्देशक क्याविनेट श्रेष्ठले नेपालका प्रगतिशील ग्राहकका लागि अर्जुन नोभा सिरिजको ट्रयाक्टर ल्याउन पाउँदा गर्ब लागेको बताए ।